ट्रम्पको चेतावनीले हमासमा तरंग

लोकपथ
217
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टाइनी विद्रोी हमासलाई सबै बन्धकहरुलाई रिहा गर्न चेतावनी दिएका छन् ।

उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेख्दै त्यस्तो चेतावनी दिएका हुन् ।

ट्रम्पले लेखेका छन्, ‘सबै बन्धकहरूलाई अहिले रिहा गर्नुहोस्, पछि होइन, र तपाईंले हत्या गरेका मानिसहरूका सबै शवहरू तुरुन्तै फिर्ता गर्नुहोस्, अन्यथा यो तपाईंको लागि ‘नारकीय’ बाटो हुनेछ । यो तपाईंलाई दिइएको अन्तिम चेतावनी हो१ हमास नेतृत्वका लागि अब गाजा छोड्ने समय आएको छ, तपाईंसँग अझै पनि मौका छ।”

यता ट्रम्पको धम्कीले कमजोर युद्धविरामको अवहेलना गर्न इजरायललाई प्रोत्साहित गरेको भन्दै खण्डन गरेको छ ।
अमेरिकाले ‘आतङ्कवादी’ समूह मान्ने हमाससँग गाजामा रहेका अमेरिकी बन्धकहरूलाई लक्षित गरी आस्मिक प्रत्यक्ष वार्ता गरेको ट्रम्पको प्रशासनले खुलासा गरेको केही घण्टापछि ट्रम्पको यो चेतावनी आएको थियो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले इजरायलसँग परामर्श भएको पुष्टि गर्दै प्रत्यक्ष वार्ताका बारेमा आफ्नो धारणा व्यक्त गरेको जनाएको छ ।

ट्रम्पले आफ्नो प्रशासनले अर्बौं डलरको हतियार छिटो उपलब्ध गराउने क्रममा आफूले इजरायललाई आफ्नो काम पूरा गर्न आवश्यक सबै कुरा पठाउने बताएका थिए ।

ट्रम्पले सन् २०२३ को अक्टोबर ७ मा हमासको आक्रमणको प्रतिक्रियास्वरूप इजरायलको अथक सैन्य अभियानका कारण गाजाको सम्पूर्ण जनसङ्ख्या विस्थापित भएको पनि बताएका थिए ।

‘गाजाका जनताका लागि, एक सुन्दर भविष्यले पर्खिरहेको छ, तर यदि तपाईं बन्धकहरू राख्नुहुन्छ भने तपाईं सम्झनुस् परिस्थिति फरक हुनेछ । ठूलो क्षति व्यहोर्नुपर्नेछ,’ उनले भनेका छन् ।

हमासका प्रवक्ता हाजेम कासिमले ट्रम्पको शब्दले इजरायललाई जनवरी १९ देखि जारी युद्धविरामका शर्तहरूको अवहेलना गर्न प्रेरित गरेको टिप्पणी गरेका छन् ।

‘यी धम्कीहरूले युद्धविराम सम्झौतासँग सम्बन्धित मामिलाहरूलाई जटिल बनाउँदछ र यसका सर्तहरू कार्यान्वयन गर्नबाट जोगिन कब्जालाई प्रोत्साहित गर्दछ,’ कासिमले एक बयानमा भनेका छन् , ‘हमास संयुक्त राज्य अमेरिकालाई युद्धविरामको दोस्रो चरणमा प्रवेश गर्न इजरायललाई दबाब दिन आग्रह गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?