बाँकेमा डढेलो नियन्त्रणका लागि पूर्वतयारी

लोकपथ
77
Shares

बाँके । जिल्लाका सामुदायिक तथा राष्ट्रिय वनमा डढेलो लाग्न नदिन र लागेमा नियन्त्रणका लागि पूर्वतयारी सुरु भएको छ । 

जिल्ला वन कार्यालयले डढेलो लाग्ने सम्भावित वन क्षेत्रमा नियमित रूपमा अनुगमन गर्ने, ‘फायरलाइन’ बनाउने, पातपतिङ्गर संकलन गरेर जलाउनेलगायत काम भइरहेका जिल्ला वन कार्यालयका प्रमुख शंकरप्रसाद गुप्ताले जानकारी दिए । 

जिल्ला वन प्रमुख गुप्ताले डढेलो नियन्त्रणका लागि करारमा १५ अग्नि हेरालुलाई नियुक्त गरिएको जानकारी दिए । उनले वनमा डढेलो लाग्न नदिन प्रचारप्रसारको काम भइरहेको उल्लेख गर्दै सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन भइरहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?