रास्वपा सांसद खनालको प्रश्न : सरकार जीबी राईलाई खोजेको छ कि छैन ? 

लोकपथ
287
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले सरकार गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईलाई खोजिरहेको छ कि छैन भनेर प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद खनालले यस्तो प्रश्न गरेका हुन् । 

सहकारीको सबैभन्दा धेरै रकम हिनामिना गरेको आरोप लागेका गोर्खा मिडियाका अध्यक्ष राई अझै पक्राउ परेका छैनन् । सांसद खनालले सहकारी संसदीय विशेष छानबिन समितिले रवि लामिछानेको सहकारी ठगीमा प्रत्यक्ष संलग्नता नरहेको भने पनि सरकारले प्रतिशोध साँधेको आरोप लगाए ।

उनले सकारले समितिको सिफारिस विपरीत संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा समेत थपेको जिकिर गरे । उनले सरकारले अझै एक जिल्लामा मुद्दा दर्ता नगरी अल्झाइरहेको आरोप समेत लगाए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?