नेपाल ग्रे लिस्टमा पर्नुको सचित्र वर्णन छिट्टै सदनमा प्रस्तुत गर्छु : अर्थमन्त्री पौडेल

लोकपथ
364
Shares

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल ग्रे लिस्टमा पर्नुको सचित्र वर्णन सदनमा प्रस्तुत गर्ने प्रतिबद्धता जनाएका छन् । 

बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले नेपाल ग्रे लिस्टमा अहिलेको सरकारको कारण नभई यसअघिको सरकारले गरेका कामहरूको नतिजाले परेको बताए । 

उनले कसले के काम गर्दा नेपाल ग्रे लिस्टमा पर्‍यो भन्नेबारेमा संसदमै सचित्र वर्णन गर्ने बताए । उनले कुनकुन कालखण्डमा कसले कसले के गरेका छन् ? कुन कालखण्डमा के भयो र नेपाल ग्रे लिस्टमा भएन ? कुन कालखण्डमा कसले काम गर्‍यो र यो ग्रे लिस्टमा पर्‍यो भन्नेकुराको वर्णन छिटै गर्ने बताए ।  

दुई वर्षको समय नलिई छोटो समयमै ग्रे लिस्टबाट बाहिर आउने प्रक्रियामा नेपाल रहेको उनको भनाइ छ  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?