काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शासन गर्नका लागि निर्वाचनबाट आउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौती दिएका छन् ।
बिहीबार महोत्तरीमा ‘नेपाल पल्प एण्ड पेपर इण्डस्ट्रिज प्रालिले’ सञ्चालनमा ल्याएको कागज कारखानाको उद्घाटन गर्दै उनले पूर्वराजा शाहलाई चुनौती दिएका हुन् ।
उनले नेपाली जनताले फालेका राजतन्त्रलाई पुनः फर्काउन भन्दै नाराबाजी भइरहेको बताए । उनले मानिसहरु कुर्सीमा बस्दा राजा हुने दिन गएको जिकिर गरे । उनले लोकप्रिय लागेको भए निर्वाचनमा लड्न चुनौती दिए ।
छायाँ अघि सारेर नभइ आफैँ राजनीतिक दल खोलेर निर्वाचन लड्न उनको चुनौती छ । अब नेपालमा जन्मिदै राजा हुने प्रणाली स्वीकार्य नहुने बताए । संविधान र लोकतन्त्रको बाटो समातेर अघि बढ्न सबैलाई खुला रहेको बताए ।
प्रधानमन्त्री ओलीले देश विकास निर्माणका कामबाट अघि बढिरहेको भन्दै दाबी गरे । उनले आफू मधेसविरोधी नभएकोसमेत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया