अध्यादेशले संवैधानिक व्यवस्थाको उल्लंघन गरेको छैन : अर्थमन्त्री पौडेल

लोकपथ
21
Shares

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको अध्यादेश संवैधानिक व्यवस्थाकै आधारमा आएको बताएका छन् । 

बिहीबार राष्ट्रिय सभा बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८१ माथि सदस्यहरूले उठाएका प्रश्नमाथि जवाफ गर्दै उनले यस्तो बताएका हुन् । 

उनले अध्यदेशले कानुनी व्यवस्था र राष्ट्रिय सभाको नियमावलीलाई उल्लंघन नगरेको दाबी गरे । अर्थ समितिमा विचाराधीन रहेको अध्यादेश फिर्ता लिने र अध्यादेश जारी गने निर्णयसँगै गरेको उनले बताए । 

उनले संसद् नचलेको बेलामा सरकारलाई अध्यादेश जारी गर्न कुनै कानुन वा नियमावलीले नरोकेको दाबी गरे । अर्थमन्त्री पौडेलले अहिलेको समय सिफ्टमा आधारित भएर २४ सै घण्टा काम गर्न सकिने समय भएको बताए । उनले प्रतिपक्षीहरूले काम गर्ने समयका बारेमा दिन र रातको कुरा गरेर विधेयकमाथि सस्तो टिप्पणी गरेको आरोप लगाए । 

उपप्रधान एवं अर्थमन्त्री पौडेलले प्रतिनिधि सभा र राष्ट्रिय सभा सञ्चालन नरहेको अवस्थामा सरकारले आवश्यकताका आधारमा अध्यादेश ल्याउन सक्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?