काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रतिपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको देवत्वकरण गरेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद घिमिरेले यस्तो आरोप लगाएका हुन् । उनले एउटा कर्मचारीमाथि दलीयकरण गरेर प्रतिपक्षी दलहरूले जग हसाँएको समेत आरोप लगाए । नेपालको कर्मचारीतन्त्र दुधले नुहाएको नभएको उल्लेख गर्दै उनले राम्रा/नराम्रा पक्षहरूको विश्लेषण गर्नुपर्ने बताए ।
उनले भने, ‘एउटा कर्मचारीलाई लिएर दलीयकरण गरेर संसद्को सम्पूर्ण प्रतिपक्ष हिजो उठेर एउटा कर्मचारीको पक्षमा उभिएको देख्दा मलाई त लाज पनि लाग्यो । धेरै जना यहाँ प्रधानमन्त्री पनि हुनुभएको छ, मन्त्री पनि हुनुभएको छ । एक जना कर्मचारीका लागि दलीयकरण गरेर यो जग हसाउने काम नगरौँ । उहाँको देवत्वकरण पनि गरौँ । केही राम्रा काम पनि होलान् । केही नराम्रा पक्ष पनि होलान् । नेपालको कर्मचारी तन्त्र दुधले नुहाएको छैन । यो कुरामा क्लियर हुनुस् ।’
प्रमुख सचेतक घिमिरेले यसैगरी देवत्वकरण गर्ने भए घिसिङलाई नै प्रतिपक्षी दलको अध्यक्ष बनाउन व्यंग्य आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया