काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विकास विरोधीहरुलाई चिन्ने बेला आएको बताएका छन् ।
बिहीबार महोत्तरीमा ‘नेपाल पल्प एण्ड पेपर इण्डस्ट्रिज प्रालिले’ सञ्चालनमा ल्याएको कागज कारखानाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले पाथीभरा केबलकारको निर्माणमा अवरोध गर्नेहरू विकास विरोधी भएको बताए ।
उनले पाथीभरा केबलकार विकासको एउटा चरण भएको भन्दै यसको विरोधमा स्थानीयहरू भन्दा अरू नै लागेको बताए । उनले विषय एकातिर तर अर्को विषय झिकेर विरोध गरिरहेको भन्दै स्थानीयहरूले विकास निर्माणका कामलाई साथ दिनुपर्ने बताए । उनले मनकानमा केबलकारको उदाहरण दिँदै मनकामना केबलकार सञ्चालने धार्मिक आस्था, सम्पदा मास्ने काम नगरेको बरु पर्यटन प्रवर्द्धन, व्यापार व्यवसाय बिस्तार गरेको दाबी गरे । विकासका कार्यक्रमहरूले स्थानीय समुदायहरू नै लाभान्वित हुने भएकाले स्थानीयले स्वागत गर्नुपर्ने बताए ।
मन्त्री भण्डारीले अहिले देशको मुख्य चुनौती दक्ष श्रम शक्तिलाई मुलुकको विकास निर्माण र समृद्धिमा लगाउनु रहेको बताए । उनले देश विकास, समृद्धि र मुलुकको आर्थिक क्रियाकलापमा दक्ष जनशक्तिलाई जोड्न जरुरी रहेको बताए ।
मन्त्री भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी २६ र २७ गते आन्तरिक रोजगार प्रवर्द्धन दशकको रूपमा अघि बढ्ने गरी सम्मेलनको आायेजना गरेकाे उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया