सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत

लोकपथ
259
Shares

काठमाडौं । राष्ट्रिय सभाबाट सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत भएको छ । बुधबारको राष्ट्रिय सभा बैठकले अध्यादेश स्वीकृत गरेको हो ।

अध्यादेशमा विपक्षी दलहरूको तर्फबाट अस्वीकृत गर्ने प्रस्ताव परेको थियो । तर राष्ट्रिय सभाले बहुमतले प्रस्ताव पारित गरेको हो ।

सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे ।

प्रस्तावलाई बहुमत सांसदले स्वीकृत गरेको राष्ट्रिय सभा अध्यक्षले सभामा घोषणा गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?