गैरआवासीय नेपाली नागरिकको सुरक्षाको लागि अन्तर्राष्ट्रिय सेल गठन गर्न माओवादी केन्द्रको माग 

लोकपथ
91
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले गैरआवासीय नेपाली नागरिकको सुरक्षाका लागि अन्तर्राष्ट्रिय सेल गठन गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद पौडेलले यस्तो माग गरेका हुन् । 

उनले अमेरिकाले गैरआवासीय नेपाली नागरिकलाई हत्कडी र नेल लगाएर अन्तर्राष्ट्रिय मानवअधिकारको मूल्य,मान्यताविरित निकाला गरिरहेको भन्दै आपत्ति जनाए । उनले आवासमा रहेका नागरिकहरूको सुरक्षामाथि सरकार गम्भीर हुन जरुरी रहेको उनको भनाइ छ । 

उनले अमेरिका, जापान, कोरिया लगायतका मुलुकबाट नेपाली नागरिक डिर्पोट भइरहेको उल्लेख गर्दै उनीहरूको सहज स्वदेश फिर्तीको लागि पहलकदमी अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन्  । उनले गैरआवासीय नेपालीको सुरक्षाको लागि सरकार गम्भीर नभएको आरोप समेत लगाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?