काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले अमेरिकी सहयोग दुरुपयोग गर्नेहरूको सूचिसहित श्वेतपत्र जारी गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद खतिवडाले यस्तो माग गरेका हुन् । उनले एनजिओ तथा आइएनजिओमार्फत आएको रकम दुरुपयोग गरिएको भन्दै मुलुककै बद्नाम गरिएको उल्लेख गरे ।
उनले भने, ‘एनजिओ र आइएनजीओका नाममा आएका रकमहरू कति छन् । त्यो रकम दुरुपयोग गरियो भनेर सारा नेपाललाई नै बद्नाम गर्ने काम गरेको छ सरकारले भएको के हो श्वेतपत्रको रूपमा जारी गरोस् ।’
उनले अमेरिकाले गैर कानुनी रूपमा बसेका गैर आवासीय नागरिक फिर्ता पठाउने क्रममा अमानवीय व्यवहार गरेको समेत बताए । अन्तर्राष्ट्रिय मानव अधिकार मूल्य मान्यतामा रहेरमात्र गैर आवासीय फिर्ता गर्न समेत माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया