दाङ । जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका–९ रामनगर बस्ने कमल बिक (बगालेको) घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–५ बस्ने २९ वर्षीय अमर रेउले समेत ११ जनालाई बुधबार दिउँसो पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १६ हजार ८ सय रुपैयाँ र ७ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया