काठमाडौं । गृहमन्त्रालय विभिन्न ६ जिल्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ) को जिम्मेवारी हेरफेर गरेको छ ।
बिहीबार मन्त्रीस्तरीय निर्णयबाट विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको हो ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय नुवाकोटमा कार्यरत रामकृष्ण अधिकारीलाई गृह मन्त्रालय तानिएको छ ।
उनको ठाउँमा गृहमन्त्रालयमा कार्यरत सहसचिव शशिधर घिमिरेलाई प्रजिअको जिम्मेवारीसहित पठाइएको छ ।
त्यस्तै गृहमन्त्रायल वा सो अन्तर्गत कार्यरत सहसचिव धर्मराज जोशीलाई जिल्ला प्रशासन कार्यालय बाँके पठाइएको छ, त्यस्तै संखुवासभाका प्रजिअ विनोद कुमार खड्कालाई रौतहट प्रशासनको जिम्मेवारी सम्हाल्ने गरी पठाइएको छ ।
त्यस्तै गृहमन्त्रालय वा सो अन्तर्गत कार्यरत दिव्यराज पोखरेललाई जिल्ल प्रशासन कार्यालय संखुवासभाको प्रजिअको रुपमा पठाइएको छ ।
सूची हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया