पाथीभरा केबलकार निर्माणमा बाधा पुर्‍याउँदा लगानीकर्ताको मनोबल घट्छ : अध्यक्ष ढकाल

लोकपथ
945
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार निर्माणमा बाधा पुर्‍याउने कुराले लगानीकर्ताहरुको मनोबल घटाएको बताएका छन् ।

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरिरहेका बेलामा आन्तरिक लगानीकर्ताहरुलाई लगानी गर्न र विकास निर्माणका काम गर्नबाट रोक्नु भनेको लगानीकर्ताहरुको मनोबल घटाउनु हो । 

उनले पाथीभरा मन्दिरमा सहज दर्शनका लागि र पर्यटन प्रवर्द्धनका लागि बनाउन लागिएको पाथीभरा केबलकार निर्माणमा अवरोध सिर्जना गरेर विकास निर्माणका काममा बाधा पुर्‍याउनु गलत भएको बताए । उनले यस्ता गतिविधिले स्वदेशमै रोजगारी सिर्जना हुने कुरामा पनि समस्या हुने बताए ।   

उनले बालबालिका, वृद्धवृद्धालाई सहज पहुँचका साथ दर्शन गर्नका लागि बनाउन लागिएको केबलकारले जिल्लावासीलाई घरमै बसेर रोजगारी गर्न सक्ने अवस्था सिर्जना हुने बताए । यस परियोजना कोशी प्रदेशकै लागि मेघा प्रोजेक्न बन्ने दाबी गरे। उनले केही राजनीतिक दल व्यक्तिहरुले गर्दा केबलकार निर्माणमा बाधा पुर्‍याइरहेको बताए । यस्ता गतिविधिले विदेशी र स्वदेशी लगानीकर्तालाई लगानी गर्न निरुत्साहित गरिरहेको उल्लेख गरे ।

पाथीभरामा केबलकार बनाउनुपर्ने माग स्थानीयहरूको छ । यसले तीर्थालु र भक्तजनहरुलाई  दर्शनका लागि सहज मार्ग हुनुका साथै स्थानीयहरुले रोजगारी पाउने अवसर दिनेछ । तीर्थालु र भक्तजन मात्रै नभई आम पर्यटक र सर्वसाधारणको सहजताका लागि केबलकार बन्नुपर्ने स्थानीयहरूको भनाइ छ  ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?