काठमाडौं । नेकपा माओवादी केन्द्रले तराई–मधेसमा सञ्चालन भइरहेको ‘जनतासँग माओवादीः तराई-मधेस जागरण अभियान’को कार्यतालिकामा हेरफेर गरेको छ।
फागुन १२ गतेदेखि जारी अभियानका केही कार्यक्रम स्थानीय पर्व, पार्टीका जनसंगठनका भेला तथा अन्य गतिविधिहरूसँग जुध्ने भएपछि समयतालिका परिमार्जन गरिएको माओवादी केन्द्रले जनाएको छ ।
परिमार्जित तालिका
नयाँ तालिका अनुसार महोत्तरीमा आज अभियान सम्पन्न हुनेछ । त्यसपछि:
-फागुन २३ – सर्लाही
-फागुन २४ – रौतहट
-फागुन २५ – बारा
-फागुन २६ – पर्सा
-फागुन २७ – चितवन
-फागुन २८ – बुटवल (मगर मोर्चा उद्घाटन)
-चैत्र २ – नवलपुर (नवलपरासी पूर्व)
-चैत्र ३ – परासी (नवलपरासी पश्चिम)
-चैत्र ४ – रुपन्देही
-चैत्र ५ – कपिलवस्तु
-चैत्र ६ – दाङ
चैत्र ७ – बाँके
चैत्र ८ – बर्दिया
चैत्र ९ गते जनकपुरमा समाजवादी मोर्चाको जनसभा हुने भएकाले त्यस दिन अभियान रोकिनेछ।
अभियानको समापन कैलाली र कञ्चनपुरमा
परिमार्जित तालिका अनुसार:
-चैत्र ११ – कैलाली
-चैत्र १२ – कञ्चनपुर (अभियान समापन)
यसअघि चैत ७ मै अभियान टुंगिने भनिएकोमा अब १२ गतेमात्रै समापन हुने भएको छ ।
अभियानको स्वरूप
माओवादी केन्द्रले यो अभियान अन्तर्गत जनसभा, चोकसभा, अन्तर्क्रिया तथा जनभेटघाटहरू आयोजना गरिरहेको छ । कार्यक्रमको स्थान निर्धारण सम्बन्धित प्रदेश तथा जिल्लाका समितिहरूले गरेका छन् भने प्रत्येक स्थानमा बिहान, दिउँसो र बेलुका गरी अधिकतम तीनवटा कार्यक्रम गर्ने गरिन्छ।
फागुन १२ मा झापाबाट सुरू भएको यो अभियान निर्धारित नयाँ तालिका अनुसार अघि बढ्ने माओवादी केन्द्रले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया