आज यी तीन प्रदेशमा हिमपातको सम्भावना

लोकपथ
2.1k
Shares

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा  मौसम मुख्यतया सफा रहेको छ। 

तराईका थोरै स्थानहरुमा हल्का हुस्सु पनि लागेको छ।

बिहीबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। 

 राति भने देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

 त्यस्तै कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा राति हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?