काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले निजीकरण अध्यादेशको मस्यौदा कुन कर्पोरेट हाउसमा लेखिएको हो भन्दै सरकारलाई प्रश्न गरेका छन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा निजीकण (पहिलो संशोधन) अध्यादेश,२०८१ अस्वीकृत गरियोस् भन्ने पेस गर्दै सांसद सापकोटाले यस्तो प्रश्न गरेका हुन् ।
उनले लोकतान्त्रि मूल्यमान्यताको हिसाबले अध्यादेशको बाटो पुर्णरुपमा गलत भएको बताउँदै सरकारले अध्यादेश ल्याएर संविधानलाई जिस्क्याएको आरोपसमेत लगाए ।
उनले गिरीबन्धुको गन्ध आउने गरी सकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको टिप्पणी गरे । उनले सरकारले अध्यादेशमा रहेका ‘कमा’ र ‘पूर्णविराम’ समेत परिवर्तन नगरी पास गर्न खोजेको आरोप लगाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया