ट्युबबेलमा पानी सुक्न थालेपछि…

लोकपथ
413
Shares

काठमाडाैं। गाईघाटमा यस वर्ष अहिलेसम्म वर्षा हुन नसकेपछि जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा जमिनमुनि पानीको सतह घटेर ट्युबबेलमा पानी सुक्न थालेको छ । ट्युबबेलको पानी सुक्न थालेपछि स्थानीयलाई पिउने पानीको समस्या हुन थालेको हो ।

त्रियुगा नगरपालिका–१ को जोगीदह, २ को खैनपुर, मोथ्याइ, वडा नं १२ को बोटेटोल गाईघाट, वडा नं १३ असारी पोर्ताह, लक्ष्मीपुरसहितका क्षेत्रमा जमिनमुनि पानीको सतह घट्न थालेपछि ट्युबबेलबाट पानी आउन छाडेको स्थानीय प्रेमप्रसाद भुजेलले बताए।

असारी क्षेत्रका अहिले झण्डै चार दर्जनभन्दा बढी ट्युबबेल सुक्न थालेपछि पिउने पानीको समस्या भोग्नुपरेको स्थानीय बताउँछन् । त्रियुगा–१२ पुरानो गाईघाट, बोटेटोल तथा बुद्धचोक क्षेत्रमा पनि फागुनको पहिलो सातादेखि अधिकांश ट्युबबेलबाट पानी आउन छाडेपछि अन्यत्रबाट पिउने पानी ल्याएर उपभोग गर्न बाध्य भएको बुद्धचोकका शान्तिमाया कार्कीले बताइन्।

बुद्धचोक क्षेत्रका अहिले झण्डै तीनदर्जन हाराहारीका कल तथा ट्युबबेल सुकेका छन् । त्रियुगा–१ जोगिदह बरगाछीका स्थानीय उमानन्द ढुङ्गानाका अनुसार फागुनको पहिलो सातादेखि कल तथा ट्युबबेल सुक्न थालेका हुन् । सोही कारणले अहिले अधिकांशले इनारको दूषित पानी पिउनुपरेको उनको भनाइ  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?