आकर्षक ग्राहकमैत्री योजनासहित सीजी मोटर्सले सुरु गर्‍यो एक्सचेन्ज मेला

लोकपथ
7
Shares

काठमाडौं । नेपालको प्रमुख ईभी बिक्रेता सीजी मोटर्सले आयोजना गरेको ‘सीजी एक्सचेन्ज मेला’ सुरु भएको छ ।

फागुन २० गतेदेखि सुरु भएको मेला फागुन २७ गतेसम्म चल्नेछ ।

ईभी एक्सचेन्ज कार्यक्रममा ग्राहकहरूले पुराना सवारी साधनहरूलाई नयाँ इलेक्ट्रिक गाडीहरू साट्न सक्ने लाभदायक अवसर पाउने कम्पनीले जनाएको छ ।

जसमा एयोन, एक्स्पेङ, डायुन, र नेटा जस्ता प्रमुख अन्तर्राष्ट्रिय ब्राण्डका गाडीहरू समावेश गरिएको छ। थापाथलीस्थित आफ्नो शोरूमहरूमा एक्सचेन्ज मेला चलिरहेको कम्पनीले जनाएको छ।

यस एक्सचेन्ज मेलामा ग्राहकहरूले एक्सचेन्ज बोनस, आकर्षक छुट, निःशुल्क एक्सेसोरीहरू र सजिलो फाइनान्सिङका विकल्पहरू जस्ता विशेष फाइदाहरू पाउन सक्नेछन् ।

ग्राहकहरूले यस कार्यक्रममा निःशुल्क ७ किलोवाटको चार्जर, एक आर्थिक वर्षको निःशुल्क सवारी कर र अटो प्लस बीमा पनि प्राप्त गर्नेछन् । सीजी मोटर्सले पुराना गाडीहरूको उत्कृष्ट मूल्यांकन गर्ने भएकाले इलेक्ट्रिक गाडीमा अपग्रेड गर्न चाहने ग्राहकहरूका लागि यो उत्कृष्ट अवसर हुने विश्वास लिएको कम्पनीले जनाएको छ ।

सहभागीहरूको अनुभवलाई थप आकर्षक बनाउँदै कम्पनीले, टेस्ट ड्राइभ गर्ने इच्छुक ग्राहकहरुलाई टेस्ट ड्राइभमा विशेष उपहार पनि प्रदान गरिएको छ । साथै, सहभागीले आईफोन १६ लक्की ड्र मार्फत जित्न सक्नेछन् ।

सीजी मोटर्सको एक्सचेन्ज मेलाले नेपालमा इलेक्ट्रिक सवारी साधनलाई थप प्रवर्द्धन गर्नेछ। ग्राहकहरूले थापाथलीस्थित ब्रान्डका शोरुमहरूमा गई यस सीमित समयको अवसरको फाइदा उठाउन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?