काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले आउँदो आर्थिक वर्षको बजेट अधुरा र सम्पन्न हुन नसकेका आयोजनाहरू सम्पन्न गर्ने गरी ल्याउनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद घिमिरेले यस्तो बताएका हुन् ।
उनले प्रत्येक वर्ष नयाँ कार्यक्रम थप्ने तर पूरा नगर्ने प्रवृत्तिका कारण आयोजनाहरू सम्पन्न हुन नसकेको बताए । लथालिङ्ग र भद्रगोल अवस्थामा योजना छनोट गरेर बजेट विनियोजन गरिएको भए पनि योजनाहरू सम्पन्न हुन नसकेको उनको भनाइ छ ।
उनले थालिएका योजनाहरू सम्पन्न गर्ने गरी अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया