काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि देखिएको छ । आज प्रतितोला सुनको मूल्य ९ सय र चाँदीको मूल्य १० ले बढेको हो ।
मंगलबार प्रतितोला एक लाख ६९ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आजका लागि एक लाख ७० हजार ४ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला एक हजार ९ सय ५० मा किनबेच हुँदैछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार नौ सय ११ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया