यी हुन् अमेरिकाबाट डिपोर्ट भएका ८ नेपाली

लोकपथ
21.3k
Shares

काठमाडौं । अमेरिका सरकारले डिपोर्ट गरेका ८ नेपाली काठमाडौं आइपुगेका छन् । अमेरिकाले बुधवार बिहान विशेष चार्टर विमानमार्फत उनीहरूलाई नेपाल ल्याएर अध्यागमनको जिम्मा लगाएको थियो ।

बुधवार बिहान १० बजे उनीहरूलाई त्रिभुवन विमानस्थलमा ओरालिएको थियो । त्यसपछि उनीहरूको अध्यागमन प्रक्रिया पूरा गरी हाल मानव बेचबिखन नियन्त्रण ब्युरोको जिम्मा लगाइएको छ ।

अमेरिका सरकारले डिपोर्ट गरेकाहरूमा सुस्मा घर्ती, लक्ष्मण कडेल, सुकुमार पुन मगर, हिमाल बिक, मोहन गौतम, टोप घर्ती, कमल ओली र दीपक खड्का रहेका छन् ।

अमेरिकाबाट डिपोर्टमा परेका नेपालीमध्ये अधिकांश पैदल हिँडेर अमेरिका पुग्ने समूहका सदस्य रहेको बुझिएको छ । उनीहरूलाई नेपालका मानव तस्कर समूहले मेक्सिको हुँदै अमेरिका पुराएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?