सरकारी सम्पत्ति बेच्ने तयारीमा ट्रम्प, एफबीआई मुख्यालयसहित ४४३ भवन खाली गरिँदै

लोकपथ
896
Shares

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अब सरकारी सम्पत्ति बेच्ने तयारी गरेको छन् । ट्रम्प प्रशासनले ४४३ वटा बढी संघीय सम्पत्तिहरूको सूची जारी गरेको हाे । यसमा एफबीआई मुख्यालयदेखि न्याय मन्त्रालयको मुख्य भवनसम्म कयौँ सरकारी भवन परेका छन् । यी भवनहरू सरकारी कामका लागि महत्त्वपूर्ण नभएको ट्रम्प प्रशासनको ठम्याई छ । 

सामान्य सेवा प्रशासनले जारी गरेको सूचीमा देशका हरेक राज्यका भवनहरू छन् । यसमा अदालतदेखि कार्यालय र पार्किङ ग्यारेजसम्म सम्पत्ति छन् ।  सूचीमा वासिङ्टन डीसीमा रहेका कयौँ सरकारी एजेन्सीहरूको मुख्यालय समावेश छ । यसमध्ये केही एफबीआईको मुख्यालय, जे.एडगर हूवर भवन, न्याय मन्त्रालयको रोबर्ट एफ. केनेडी भवन, पुरानो हुलाक कार्यालय भवन, अमेरिकी रेडक्रसको मुख्यालय, श्रम मन्त्रालय र आवास तथा शहरी विकास मन्त्रालयका भवनहरू पनि बेच्न लागिएको सम्पत्तिको सूचीमा छन् । 

सूचीमा इन्डियानाको मेजर जनरल एम्मेट जे.बीन फेडरल सेन्टर, साम नन एटलान्टा फेडरल सेन्टर र सान फ्रान्सिस्कोको स्पिकर न्यान्सी पेलोसी फेडरल भवन पनि छन् । सरकारी कामकाज सञ्चालनको लागि अहम् नभएका वा त्यति धेरै अहम् नभएका भवन र ठाउँ पहिचान गरेको सामान्य सेवा प्रशासनले बताएको छ । सरकारी सम्पत्तिहरू बेच्नाले करदाताको पैसा अब खाली वा कम प्रयोगमा आउने संघीय स्थानमा खर्च नहुने कुरा सुनिश्चित हुनेछ । यसले महँगो मर्मतसम्भार हटाउन मद्दत गर्ने उनले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?