अमेरिकामा अवैध रुपमा बसेका नेपालीहरु ल्याएको जहाज काठमाडौंमा अवतरण

लोकपथ
9.4k
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको निष्कासनमा परेका नेपालीहरु बोकेको जहाज नेपाल आइपुगेको छ ।

केहीबेरअघि अवैध रुपमा बसिरहेका आप्रवासी बोकेर आएको जीआरपी–१७ जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

गत जनवरी २० मा दोस्रो कार्यकालका लागि राष्ट्रपतिको पद सम्हालेसँगै ट्रम्पले अवैध आप्रवासीहरुलाई देश निकाला गर्ने घोषणा गरेका थिए । त्यससँगै ट्रम्प प्रशासनले आफैँ विमान चार्टड गरेर नेपालीहरुलाई नेपाल ल्याइदिएको हो ।

यसअघि भारत लगायत अन्य देशबाट अमेरिकामा अवैध रुपमा बसिरहेका आप्रवासीहरुलाई देश निकाला गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?