सरकारसँग छैन नेपालका सवारीसाधनको यकिन तथ्यांक, वैशाखसम्म संकलन गरिने

लोकपथ
455
Shares
फाइल तस्बिर

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारसँग नेपालमा कति सवारीसाधन छन् भन्ने यकिन तथ्यांक नरहेको बताएका छन् । 

मंगलबार मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सातै प्रदेशका यातायात सम्बद्ध मन्त्री र सचिव सहितको विषयगत समितिको बैठकमा बोल्दै मन्त्री दाहालले यस्तो बताएका हुन् ।

उनले नेपालसँग कति सवारीसाधनहरू छन् भन्ने यकिन तथ्यांक नहुँदा अन्तर्राष्ट्रिय सम्मेलनमा समेत अनुमानित तथ्यांक दिनुपरिरहेको गुनासो गरे ।

उनले अनुमानित ५०/६० लाख सवारीसाधनहरू रहेको बताए । वैशाखसम्ममा नेपालभर रहेका सवारीसाधनहरूको यकिन तथ्यांक संकलन गर्ने उनको भनाइ छ  । मन्त्री दाहालले कुल सवारीसाधनमध्ये ८० प्रतिशत मोटरसाइकल रहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?