एउटै रुखमा झुन्डिए फरक फरक परिवारका महिला र पुरुष, महिलाको श्रीमान वैदेशिक रोजगारीमा

लोकपथ
9.3k
Shares

काठमाडौं । मोरङको पथरीशनिश्चरे नगरपालिका–५ स्थित मौलिबारीमा फरक फरक परिवारका महिला र पुरुष एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमोरियाका अनुसार, २२ वर्षका अजय टुरु र मोरङकै कटहरी माइती भएकी झापाको गौरीगन्जकी जुबामुनी हस्दा मृत भेटिएका हुन् ।

मृत भेटिएका पुरुष मंगलबार राति २ बजे घरबाट हिँडेका थिए ।दुवै विवाहित र दुवैका सन्तानसमेत छन् ।महिलाका श्रीमान वैदेशिक रोजगारीमा छन् । प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?