देश बनाउनका लागि हरेकले आफ्नो क्षेत्रबाट सक्ने काम गर्नुपर्छ : प्रधानमन्त्री ओली

लोकपथ
140
Shares
फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउनका लागि हरेकले आफ्नो क्षेत्रबाट सक्ने काम गर्नुपर्ने बताएका छन्।

मंगलबार ट्रेड युनियन आन्दोलनको ७८औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो ठाउँबाट सकेको काम गरेर सघाउन सके देश बन्न समय नलाग्ने बताए। 

उनले राम्रो काम गर्नेहरूलाई जसरी पनि विरोध गरेर राम्रो काम गर्न नदिने परिपाटी हुनु दुःखद भएको बताए । उनले राम्रो काम गर्नेहरूलाई झुटो आरोप लगाउने, काम गर्न नदिने परिपाटी विकसित भइरहेकोप्रति चिन्ता व्यक्त गरे ।  

उनले यसअघि प्रधानमन्त्री बन्दा पनि आफूले एक सय एक ऐतिहासिक कामहरू गरेको जिकिर गरे ।  अहिले पनि युवाहरूलाई लक्षित गरेर एक लाख भन्दा बढी एसइई दिने विद्यार्थीलाई ४८ प्रतिशत मात्रै पास हुने स्थितिको अन्त्य गर्न अनलाइन सञ्चालन गरिरहेको बताए । उनले यसपटक कम्तीमा ६० प्रतिशत नतिजा पुर्‍याउने उद्देश्यले व्यक्तिगत तवरबाट आफू लागिरहेको र एक लाख बढी विद्यार्थी सहभागी रहेको दाबी गरे। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?