काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वर्तमान सरकार संकटका पोका बोकेर हिँडेको आरोप लगाउँदै त्यसको एउटा पोको भर्खरै जारी गरिएका अध्यादेश भएको टिप्पणी गरेका छन् ।
मंगलबार नेपाल प्रेस संगठनले धनुषामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले यस्तो बताएका हुन् । उनले अध्योदश ल्याउनुपर्ने के जरुरी अवस्था आईपर्यो ? भनेर प्रश्न समेत गरे । उनले संवैधानिक व्यवस्थाअनुसार कुनैपनि कानुनहरू सामान्य रूपमा बनाउन सकिने उल्लेख गर्दै उनले सामान्य रूपमा कानुन बनाउने कुरामा कसैले पनि अवरोध नगरेको उल्लेख गरे ।
उनले सरकारले अध्यादेश ल्याउनुको औचित्य पुष्टि गर्न नसकेको उनको भनाइ छ । उनले अध्यादेश ल्याउनुपर्ने प्रक्रिया नमिलेकै कारण आफ्नो पार्टी अध्यादेशको समर्थन गर्न नसक्ने बताए । उनले वर्तमान सरकारकै कमजोरीको कारण युवा पलायन बढिरहेको बताए । नेता खनालले वर्तमान सरकारले मान्छे बेच्नको लागि ठाउँ ठाउँमा म्यानपावर कम्पनी खोलेर बसेको आरोप लगाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया