१४ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति ?

लोकपथ
553
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  छापावाला सुन प्रतितोला १४ सय रुपैयाँले बढेको हो । 

अघिल्लो दिन १ लाख ६८ हजारमा कारोबार भएको सुनको मूल्य आज १४ सय रुपैयाँले बढेर १ लाख ६९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

 त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार  १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज  २५ रुपैयाँले बढेर १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?