दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

लोकपथ
329
Shares
फाइल तस्बिर

काठमाडौं । संघीय संसद् अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्ने भएका छन् । जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्नेछ । अर्थ समितिको बैठक कक्ष बस्ने बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुनेछ । 

त्यस्तै, दिउसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक बोलाइएको छ । बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा पानीजहाज कार्यालय समृद्ध पदाधिकारीसँग छलफल गर्ने कार्यसूची रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?