काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्चीको पाइप फुटेको छ। मंगलबार बिहानै मेलम्ची खानेपानी वितरणको पाइप प्रसुतिगृह र नर्भिक हस्पिटल जाने बाटोमा फुटेको हो ।
पाइप फुट्दा सडक नै भ्वाङ परेको छ र त्यस क्षेत्रको सडक अवरुद्ध भएको छ ।
पाइप फुटेको कारण भने पत्ता लागिसकेको छैन । यसअघि पनि बबरमहल क्षेत्रमा खानेपानीको मुख्य पाइप नै फुटेको थियो।
त्यहाँ विद्युत प्राधिकरणले तार भूमिगत गर्न प्रयोग गरेको प्वाल खन्ने उपकरणले पाइप फुटेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया