काठमाडौं । श्रीलंकाका लागि नेपाली आवासीय राजदूतको जिम्मेवारी पूर्णबहादुर नेपालीलाई दिइएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीलाई आज राजदूतमा नियुक्त गरेका हुन् ।
संविधानको धारा २८२ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा नेपाली राजदूत नियुक्त भएका हुन् ।
गत मंसिर ६ गते नेपालीलाई मन्त्रिपरिषद्ले राजदूतका लागि सिफारिस गरेको थियो ।
उनलाई १४ पुसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया