काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी काम गर्न निर्देशन दिएका छन् ।
रुपन्देहीमा आजबाट सुरु भएको राष्ट्रिय प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी काम गर्न निर्देशन दिएका हुन् ।
त्यस्तै गत निर्वाचनमा नेपाली कांग्रेस ठूलो पार्टी बने पनि बहुमत प्राप्त गर्न नसकेको भन्दै एकताबद्ध भएर काम गर्न आग्रह गरे ।
भोलिका निर्वाचनमा हाम्रो पार्टीले बहुमत ल्याउने गरी काम गर्नुपर्नेछ, त्यसका लागि यस्ता प्रशिक्षण कार्यक्रमले राम्रो भूमिका खेल्दछ । यसबाट सबै साथीहरुलाई एकताबद्ध भएर अघि बढ्न सुझाव दिन चाहन्छु । र भोलिका निर्वाचनहरुमा हाम्रो पार्टीले बहुमत ल्याउने गरी काम गर्न पनि आग्रह गर्न चाहान्छु,’ सभापति देउवाले भने ।
त्यस्तै अहिले कांग्रेसको सहयोगमा केपी शर्मा ओली प्रधानमन्त्री रहेको र आफूहरुले ओलीलाई सहयोग गरेर अघि बढिरहेको र भोलिका दिनमा आफूहरुले एमालेबाट सहयोग पाउने विश्वास व्यक्त गरे ।
‘आज एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेसको सहयोगमा प्रधानमन्त्री बन्नु भएको छ । दुई दल मिल्दा बहुमत पुगेको छ । अहिले हामीले सबैलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्छ र भोलि हाम्रो नेतृत्वमा सरकार बन्दा सहयोग हुनेछ,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया