सप्तरीको बस्तीमा बाघ पस्यो, २ जना घाइते

लोकपथ
567
Shares
फाइल तस्बिर

सप्तरी । सप्तरीमा एक बस्तीमा एकाबिहानै बाघ पसेको छ । जिल्लाको सप्तकोसी नगरपालिका–१ फत्तेपुरको खोरिया टोलमा बिहानै बाघ पसेको हो ।

बाघको आक्रमणबाट २ जना स्थानीय घाइते भएका छन् । घाइते हुनेमा अन्दाजी ४३ वर्षीय कृष्ण विष्ट र ५५ वर्षीय गणेश खत्री रेका छन् । उनीहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिहान ७ बजेको समयमा बस्तीमा बाघ पसेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै प्रहरी फत्तेपुर पुगेको थियो । साथै प्रहरीसहित वन्यजन्तु आरक्षको टोली समेत बस्तीमा परिचालन गरिएको थियो ।

उक्त बाघ कोशीटप्पु बन्यजन्त आरक्षबाट बस्तीमा पसेको अनुमान गरिएको छ । साथै बाघलाई आरक्षमै फर्काउनको काम भइरहेको समेत प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?