काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले क्लिनिकल रजिस्ट्रार पदमा दरखास्त आह्वान गरेको छ ।
करार सेवामा पदपूर्तिका लागि अस्पतालले सोमबार ७ जना क्लिनिकल रजिस्ट्रारका लागि आवेदन आह्वान गरेको हो ।
बालरोग, सामान्य चिकित्सा, रेडियोलोजी, एनेस्थेसियोलोजी, मानसिक रोग र जनरल सर्जरी विभागमा जम्मा ७ जना क्लिनिकल रजिस्ट्रारका लागि आवेदन आह्वान भएको सोमबार प्रकाशित सूचनामा उल्लेख छ।
योग्यता पुगेका २१ वर्ष पुरा भई ४५ वर्ष ननाघेका इच्छुक नेपाली नागरिकहरुले फागुन २६ गतेभित्र आवेदन दिनसक्ने जनाइएको छ।
त्रिवि शिक्षण अस्पतालको हिमालयन बैंक महाराजगञ्जको खाता नम्बर ००२००५५३६५००१८ मा परीक्षा दस्तुर बापत दुई हजार रूपैयाँ जम्मा गरेको सक्कल भौचरसहित आवेदन फाराम भर्नुपर्ने भनिएको छ।
एसएलसीदेखि माथिका सम्पूर्ण शैक्षिक योग्यताका प्रमाणपत्रहरूको प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको रजिस्ट्रेसनको प्रतिलिपि फारमसाथ संलग्न गर्नुपर्नेछ।
यस्तै, विदेशमा अध्ययन गरेकाहरूले शैक्षिक योग्यताको समकक्षता निर्धारण गरिएको प्रमाणपत्रको प्रतिलिपि पनि बुझाउनुपर्नेछ । पासपोर्ट साइजको फोटो २ प्रति पनि आवेदन फारम चाहिने प्रकाशित सूचनामा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया