सुदूरपश्चिम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको अवस्था थप बिग्रिन नदिन विकल्पमा जानुपर्ने बताएका छन् । ।
पार्टीले आज धनगढीमा गरेको प्रदेशस्तरीय विरोधसभामा उनले देशले अब यही परिस्थिति थेग्न नसक्ने भन्दै नयाँ समझदारी गर्न आवश्यक रहेको बताएका हुन् ।
नेता मोटाउँदै जाने र जनता दुब्लाउँदै जाने अहिलेको अवस्थाले देश निरन्तर ओरालो लागेको अध्यक्ष लिङ्देनको जिकिर थियो । ‘यस्तो अवस्थामा अब अभिभावकीय संस्थाका रूपमा राजा, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद् र सांसद मन्त्री हुन नपाउने व्यवस्था गर्न आवश्यक छ । यसले देशका समस्या समाधान गर्छ,‘ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया