उपेन्द्रको अडान : भूमिसम्बन्धी अध्यादेश फिर्ता नभए अरुमा पनि सहयोग गर्दैनौँ

लोकपथ
448
Shares

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल –जसपा नेपाल) ले सरकारले ल्याएको भूमी सम्बन्धी अध्यादेश फिर्ता नभए अन्य अध्यादेशमा समेत सहयोग नगर्ने स्पष्ट पारेको छ ।

आजबाट सुरु भएको सो पार्टीको केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिएको ‘राजनीतिक, सांगठनिक प्रतिवेदन तथा प्रस्तावहरु’ सो कुरा उल्लेख गरिएको छ ।

संविधानमा भएको व्यवस्था अनुसार अध्यादेशहरु ल्याइएको भए पनि संसद् अधिवेशन आह्वान गर्नुपर्ने बेलामा अध्यादेश ल्याइएको जसपा नेपालले निचोड निकालेको छ । साथै भूमी सम्बन्धी अध्यादेश जनताको पक्षमा नरहेको भन्दै त्यसलेभूमाफियाहरुलाई पक्षपोषण गर्न ल्याइएको आरोप रहेको छ ।

‘संसद्मा प्रस्तुत गरिएका ६ वटा विधेयकमध्ये भूमि सम्बन्धी केही नेपाल ऐनलाई सम्बोधन गर्न बनेको अध्यादेश देश र जनताको हितमा नरहेको, रियल स्टेट र भू–माफिया तथा दलालहरुलाई पक्षपोषण गर्ने खालको रहेको, तराई÷मधेशको वनजंगल, सार्वजनिक जग्गा, आफ्ना पार्टीका कार्यकर्ताहरुमा वितरण गर्ने उदेश्यका साथ ल्याइएको हो । उक्त अध्यादेश अनुसार वास्तविक भूमिहीन, सुकुम्वासीहरुले जग्गा प्राप्त गर्न नसक्ने अवस्था रहेको छ र पर्यावरणीय संकट उत्पन्न भइ समस्या झन् जटिल हुन सक्ने भएकाले हाम्रो पार्टी भूमि अध्यादेशको विरुद्धमा दृढताका साथ उभिएको छ । संसद्बाट भूमिसम्बन्धी अध्यादेश फिर्ता नगरुन्जेलसम्म बाँकी ५ वटा अध्यादेशहरुलाई पनि सहयोग र समर्थन नगर्ने चट्टानी अडानको कारण अहिलेसम्म सरकारले सदनमा अध्यादेश प्रस्तुत गर्न सकेको छैन । सरकारले जारी गरेको अध्यादेशमा रहेको गलत नीति र प्रावधानविरुद्ध हामीले लिएको अडानको कारण आज देश र जनतामा जसपा नेपालप्रतिको विश्वास झनै बढेर गएको छ,’ प्रतिवेदनमा भनिएको छ ।

त्यस्तै ७ बुँदे सहमति गरेर संसद्को सबैभन्दा दुई ठूला दलहरु मिलेर सरकार गठन गरे पनि जनताको अपेक्षा अनुसार काम गर्न नसकेको आरोप जसपा नेपालको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?