पाथीभरा केबलकारबारे गृहमन्त्री : ‘समस्या समाधान गर्न सरकार गम्भीर छ’

लोकपथ
182
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकार निर्माण विवादबारे सरकारले वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान चाहेको बताएका छन् । 

राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले केबलकार निर्माणको क्रममा देखिएका समस्याहरू समाधान गर्न गृह मन्त्रालयले गठन गरेको वार्ता टोलीले आन्दोलनरत पक्षसँग पटक पटक वार्ता गरेको उनको भनाइ छ ।

उनले आन्दोलनरत पक्षबाट उठाइएका सांस्कृतिक, धार्मिक तथा स्थानीय समुदायका समस्यालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको समेत बताए । सरकारले शान्तिपूर्ण ढंगले समस्याको समाधान गर्ने कुरालाई गम्भीरतापूर्वक लिएको उनको भनाइ छ । 

उनले हाल पाथीभरा क्षेत्रमा सुरक्षा निकायले उच्च संयमता अपनाई शान्ति सुरक्षा प्रदान गरिरहेको दाबी गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?