१५औँ महाधिवेशनमा सभापतिमा उठ्छु : उपप्रधानमन्त्री सिंह

लोकपथ
70
Shares
उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह आइतबार नेपाल प्रेस युनियन जिल्ला शाखा सुर्खेतले सुर्खेत विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्तव्य राख्नुहुँदै । तस्बिरः सुरेश आचार्

काठमाडौं । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आफू सभापतिमा उठ्ने घोषणा गरेका छन् ।

आइतबार सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री सिंहले सो कुरा बताएका हुन् ।
उनले पार्टीको १४औँ महाधिवेशनमा आफू सभापतिमा प्रतिष्पर्धा गरेको बताउँदै आफू त्यो भन्दा तल्लो पदमा नउठ्ने समेत बताए ।

१५औँ महाधिवेशनमा तपाईँ सभापति लड्नुहुन्छ कि लड्नुहुँदैन ? वा कुन पदका लागि तपाईँको दाबी रहन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘पार्टीको १५औँ महाधिवेशनमा परिस्थिति हेरेर सबैलाई थाहा भएकै कुराहरु उठिसकेका व्यक्तिहरु त्यो पद भन्दा तल कोही उठ्ला जस्तो मलाई लाग्दैन । तर उठ्नका लागि पनि सबै परिस्थिति मिलाउन सक्नुपर्छ ।’

पछिल्लो समय नेपाली कांग्रेसको महाधिवेशन आगामी ०८४ को निर्वाचनपछि गर्ने वा अघि गर्ने भन्ने बहस समेत भइरहेको छ ।

त्यसलाई संकेत गर्दै उपप्रधानमन्त्री सिंहले वर्तमान परिस्थिति हेरेर पार्टीको विधान अनुुसार नै महाधिवेशन हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?