काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले लागु औषधको प्रयोग र कारोबार नियन्त्रणका लागि भएका प्रयासहरूको पुनः विचार आवश्यक रहेको बताएकी छन् ।
शनिबारबाट नेपाल प्रहरीले सुरु गरेको लागुऔषध विरुद्धको महाअभियानको शुभारम्भ गर्दै उनले यस्तो बताएकी हुन् । उनले लागुऔषविरुद्धको महाअभियान नेपाल प्रहरी, स्थानीय सरकार र सरकारको मात्रै नभई सम्पूर्ण नागरिकको भएको बताइन् ।
उनले लागुऔषध विरुद्धको दिवस हरेक वर्ष मनाइने गरेको भएपनि नियन्त्रण नहुनुले नियन्त्रणका लागि भएका प्रयासहरूको पुनः विचार आवश्यक रहेको उनको भनाइ छ ।
उपप्रमुख डंगोलले लागुऔषध नियन्त्रणको अभियानमा सबैसँग मिलेर काम गर्न महानगरपालिका तयार रहेको बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया