गरिमा विकास बैंक ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२४’ बाट सम्मानित

लोकपथ
154
Shares

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट क्षेत्रमा प्रतिष्ठित ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२४’ बाट सम्मानित भएको छ ।

कर्पोरेट क्लब नेपालले आयोजना गरेको अवार्ड समारोहमा २२ विधा मध्ये गरिमा विकास बैंकलाई ‘कर्पोरेट एक्सेलेन्स २०२४ इन डेभलपमेन्ट बैंक, रिजनल बैंक एन्ड फाइनान्स कम्पनी’ विधामा उक्त अवार्ड प्रदान गरिएको हो ।

प्राप्त अवार्डले ग्राहकलाई निरन्तर सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्ने विकास बैंकको लक्ष्यलाई थप टेवा पुर्‍याएको बैंकले जनाएको छ ।

सम्मानले आगामी दिनमा थप गुणस्तरीय एवं ग्राहकमैत्री बैंकिङ सेवा प्रवाह गरी बैंकलाई थप सबल बनाउन उत्प्रेरित र उत्तरदायी बोध गराएको बैंकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?