बागी फकाउन एमालेले गर्यो यस्तो आह्वान (पूर्णपाठ)

काठमाडौं, १८ कात्तिक– नेकपा एमालेले बागी उम्मेदवारी दिएका सबै उम्मेदवारलाई पार्टीको निर्णय मान्न आग्रह गरेको छ एमाले अनुशासन विभाग प्रमुख अमृत कुमार बोहराले एक विज्ञप्ति जारी गर्दै पार्टीले सबैको योग्यता, क्षमता, योगदान र आवश्यकतालाई मध्यनजर गरी सिट संख्याको सीमा भित्र रहेर उम्मेदवार चयन गरी मनोनयन गर्ने काम सम्पन्न गरिसकेको गर्दै यसो गर्दा पनि कैयन महत्वपूर्ण व्यक्तिहरुलाई उम्मेदवारको रुपमा समावेश गर्न सम्भव हुन नसकेको उल्लेख गरेको छ विज्ञप्तिमा भनिएको छ– यो पार्टीलाई पनि महसुस भएकै कुरा हो । यस सन्दर्भमा विभिन्न आ–आफ्ना असहमति हुनसक्छन् । चित्त नबुझेका कुराहरु भन्ने र बहस गर्ने वातावरण पार्टीले बनाउने नै छ । तर यतिखेर पार्टीले उम्मेदवारको निर्णय गरिसकेपछि उनीहरुको विरुद्ध हाम्रा असहमति र असन्तुष्टिले विपक्षीहरूलाई फाइदा पुग्ने हुँदा यसलाई मनन गर्न आम शुभेच्छुक, कार्यकर्ता र सदस्यहरुलाई आयोग आग्रह गर्दछ । ’ अहिले एमाले देशलाई स्थायित्व, शान्ति र समृद्धिको बाटोमा लान वामपक्षीय लोकतान्त्रिक गठबन्धन संयुक्त रुपमा चुनावी मैदानमा रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ– एउटै शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण गर्ने उद्देश्यका साथ आज नेकपा (एमाले) र नेकपा माओवादी–केन्द्रबीच चुनावी तालमेल भएको छ र साझा उम्मेदवारीका साथ हामी चुनावी अभियानमा छौं । समयको चाप र परिस्थितिका कारण पार्टीभित्रका सबै इच्छुक, आकांक्षी उम्मेदवारहरूको आवश्यकता र चाहनालाई व्यवस्थापन गर्नु पार्टीका लागि अत्यन्त कठिन र चुनौतीपूर्ण कार्य भएको सबैलाई विदितै छ विज्ञप्तिमा निर्वाचनको प्रक्रियामा प्रवेश गरेपछि असन्तुष्टिका नाममा कतिपय ठाउँमा पार्टी निर्णयका खिलाफ सार्वजनिक अभिव्यक्ति दिने, निर्वाचन गतिविधिमा असहयोग गर्ने र पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध ‘बागी विद्रोही’ उम्मेदवार हुने वा दिन लगाउने जुन समाचारहरू सार्वजनिक भएको भन्त्दै यस विषयमा पार्टी अनुशासन आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ अनुशासनको पालना नभए पार्टी विधानको पालना र सम्मानको निमित्त आयोग अन्तिम निर्णयमा जान बाध्य हुने चेतावनी समेत दिइएको छ विज्ञप्तिको पूर्णपाठ यस्तो छ ःकार्यकर्ताहरू निर्वाचनको विभिन्न कार्यमा उत् यतिखेर मुलुक आम निर्वाचनको ऐतिहासिक प्रक्रियामा छ । आम मतदाता, पार्टीका नेता,साहका साथ सहभागी भइरहेका छन् । संविधान सभाबाट नयाँ संविधान जारी भएपछि त्यसलाई कार्यान्वयन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने यो अत्यन्त महत्वपूर्ण ऐतिहासिक क्षण हो । यसलाई सफल बनाउन पार्टीका सम्पूर्ण शक्ति एकताबद्ध भई लाग्न पार्टीको अनुशासन आयोग सबैसँग हार्दिक आग्रह गर्दछ हामी अहिले देशलाई स्थायित्व, शान्ति र समृद्धिको बाटोमा लान वामपक्षीय लोकतान्त्रिक गठबन्धन संयुक्त रुपमा चुनावी मैदानमा छौं । एउटै शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण गर्ने उद्देश्यका साथ आज नेकपा (एमाले) र नेकपा माओवादी–केन्द्रबीच चुनावी तालमेल भएको छ र साझा उम्मेदवारीका साथ हामी चुनावी अभियानमा छौं । समयको चाप र परिस्थितिका कारण पार्टीभित्रका सबै इच्छुक, आकांक्षी उम्मेदवारहरूको आवश्यकता र चाहनालाई व्यवस्थापन गर्नु पार्टीका लागि अत्यन्त कठिन र चुनौतीपूर्ण कार्य भएको सबैलाई विदितै छ पार्टीले सबैको योग्यता, क्षमता, योगदान र आवश्यकतालाई मध्यनजर गरी सिट संख्याको सीमा भित्र रहेर उम्मेदवार चयन गरी मनोनयन गर्ने काम सम्पन्न गरिसकेको छ । यसो गर्दा कैयन महत्वपूर्ण व्यक्तिहरुलाई उम्मेदवारको रुपमा समावेश गर्न सम्भव हुन सकेन । यो पार्टीलाई पनि महसुस भएकै कुरा हो । यस सन्दर्भमा विभिन्न कमरेडहरुको आ–आफ्ना असहमति हुनसक्छन् । चित्त नबुझेका कुराहरु भन्ने र बहस गर्ने वातावरण पार्टीले बनाउने नै छ । तर यतिखेर पार्टीले उम्मेदवारको निर्णय गरिसकेपछि उनीहरुको विरुद्ध हाम्रा असहमति र असन्तुष्टिले विपक्षीहरूलाई फाइदा पुग्ने हुँदा यसलाई मनन गर्न आम शुभेच्छुक, कार्यकर्ता र सदस्यहरुलाई आयोग आग्रह गर्दछ तसर्थ निर्वाचनको प्रक्रियामा प्रवेश गरेपछि असन्तुष्टिका नाममा कतिपय ठाउँमा पार्टी निर्णयका खिलाफ सार्वजनिक अभिव्यक्ति दिने, निर्वाचन गतिविधिमा असहयोग गर्ने र पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध ‘बागी विद्रोही’ उम्मेदवार हुने वा दिन लगाउने जुन समाचारहरू सार्वजनिक भएको छ, यो अत्यन्त दुःखद् र गम्भीर विषय हो । यस विषयमा पार्टी अनुशासन आयोगको गम्भीर ध्यानाकर्षण भएको छ नेकपा (एमाले) संघर्षको लामो गौरवपूर्ण इतिहास भएको अनुशासित पार्टी हो । सबैले आआफ्ना असन्तुष्टि तथा गुनासाहरूलाई आफू सम्बन्धित पार्टीमा राख्न पाउने हाम्रो विधानको व्यवस्था छ । पार्टीले पनि सबैको कुरालाई धैर्यताका साथ सुनिदिनुपर्दछ । पार्टीमा सबैले आफ्नो इतिहास र योगदानलाई ख्याल नगरी यो निर्वाचन नै अन्तिम निर्वाचन जस्तो ठानी पार्टीको विधि, पद्धति, प्रक्रिया र अनुशासनलाई उल्लंघन गर्ने आवेगपूर्ण कार्य कही कतैबाट नहोस् भनी आयोग विनम्रताका साथ सबैलाई सचेत गराउन चाहन्छ । अन्यथा पार्टी विधानको पालना र सम्मानको निमित्त आयोग अन्तिम निर्णयमा जान बाध्य हुने व्यहोरा समेत जानकारी गराउँदछौं हाम्रो पार्टी चौतर्फी चुनौतीको दृढतापूर्वक सामना गर्दै निर्वाचनमा अघि बढेको छ । यस्तो स्थितिमा निर्वाचनमा विजयको निमित्त सबैको एकताको खाँचो आवश्यक हुन्छ त्यसैले संविधानको मर्म र भावना अनुसार समृद्ध समाजवादी समाज निर्माण गर्ने ऐतिहासिक अभिभारा पुरा गर्ने कार्यमा उत्साह र गतिका साथ एकताबद्ध भई निर्भयताका साथ संयुक्त वामपक्षीय लोकतान्त्रिक गठबन्धनको पक्षमा निर्वाचन कार्यमा सहभागी बनौं । हाम्रो केन्द्रीय अनुशासन आयोग सबैसँग यही अनुरोध गर्दछ अमृतकुमार बोहराअध्यक्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?