प्रेमिकाका पतिलाई तालमा खसाएर मार्न खोज्दा आफू पनि खसे, दुवैको गयो ज्यान 

लोकपथ
16.8k
Shares

काठमाडौं । भारतीय राज्य महाराष्ट्रको सोलापुरमा प्रेमिकाका श्रीमानलाई मार्न गएका व्यक्तिको पनि तालमा डुबेर मरेको खुलासा भएको छ । 

घटना फेब्रुअरी १८ मा भएको भए पनि हालै मात्र वास्तविकता बाहिर आएको हो । 

यो घटना बार्शी तालुकको महागाउँको हो । रुपाली पटाडे र गणेश अनिल सपत अवैध प्रेम सम्बन्धमा थिए । यो कुरा रुपालीकी श्रीमान शंकर उत्तम पटाडेले थाहा पाएपछि रुपाली र गणेश अनिलले असहज महसुस गर्दै आएका थिए । आफूहरूको अवैध सम्बन्धमा श्रीमान शंकर उत्तम बाधक बन्दै गएको भन्दै श्रीमानबाट छुट्कारा पाउन रुपालीले प्रेमीसँग मिलेर उनको हत्या योजना बुनिन् । 

त्यसपछि फेब्रुअरी १८ को राति गणेश अनिलले शंकर उत्तमलाई पिउने र खाना खाने बहानामा बाहिर बोलाए । दुवै जना सँगै महागाउँ तालमा पुगे । त्यसपछि दुवैले रक्सी पिउँदै रमाइलो गरे । अनि गए तालको पुलमा नाच्न । 

त्यसै क्रममा गणेश अनिलले शंकर उत्तम पटाडेलाई तालमा धकेले । शंकर उत्तम तालमा खसे, तर गणेश अनिलले पनि सन्तुलन मिलाउन सकेनन् । उनी पनि तालमा खसे । ताल अत्यन्तै गहिरो भएको र मादक पदार्थ पिएकाले दुवै जना तालबाट बाहिर निस्कन सकेनन् र दुवैको घटनास्थलमै मृत्यु भयो ।

यो कुरा पछि प्रहरीसम्म पुग्यो । प्रहरीले रुपाली पटाडेलाई सोधपुछ गरे । यस क्रममा षड्यन्त्रको पर्दाफास भएको हो । प्रहरीले ती महिलाविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?