१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

लोकपथ
581
Shares

सुनसरी । १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा  एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा ईटहरी उपमहानगरपालिका–१६ बस्ने ६८ वर्षीय तुलसीराम निरौला रहेका छन् ।

निरौलाले मंगलबार राति ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?