मोरङमा कांग्रेस उम्मेद्वारविरुद्ध उजुरी

विराटनगर १८ कार्तिक । नेपाली काँग्रेसको तर्फबाट मोरंग ३ नम्बर क्षेत्रमा प्रतिनिधि सभाको उम्मेदबारी मनोनयन गराएका   बिराटनगर स्थित नोबेल मेडिकल कलेजका संचालक डा सुनिल शर्माले आचार संहिता बिपरित कार्य गरेको भन्दै निर्वाचन आयोगमा  कार्बाहीको माग गदै उजुरी दर्ता भएको छ मोरंग ३ नम्बर क्षेत्रबाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फको उम्मेदबार रहेका संचालक शर्माले आचारसंहिता बिपरित मतदता आर्कर्षित गर्न अस्पताललाई प्रयोग गरेर धमाधम स्वासथ्य शिबिर संचालन गरिरहेको भन्दै कार्बाही माग गर्दै क्षेत्रिय निर्वाचन कार्यालय बिराटनगरमा कानेपोखरी गाउँपालिका ५ नम्बर वडा अध्यक्ष आफैले  १७ कार्तिकमा उजुरी दर्ता गराएका हुन  उम्मेदवार बन्ने पक्का भएपछि एक महिना अघिदेखी नै स्वास्थ्य शिबिर उजुरीमा लगाइएको आरोप अनुसार उम्मेदबार बन्ने पक्का भएपछि संचालक शर्माले एक महिना अघिदेखी नै ३ नम्बर क्षेत्रमा आफनो अस्पताल प्रयोग गरेर स्वास्थ्य शिबिर संचालन गर्न थालेका थिए । शिबिर उदघाटन गर्न आफै पुगेर लामो राजनैतिक भाषण गर्ने शर्माले सबैको निशुल्क स्वासथ्य बिमी गरिदिने र उपचारमा छुट दिने भन्दै बिभिन्न योजना सुनाएर मतदताहरुलाई आर्कािष्त गर्ने गरेका छन । संचालक शर्माले आफनो चुनावी क्षेत्र ३ नम्बर अन्र्तगतको बेलबारी , पथरीशनिश्चरे , कानेपोखरी लगायतका स्थानमा धमाधम स्वास्थ्य शिबिर संचालन गराइरहेका छन। उनले शिबिरमा आउने बिरामीहरुलाई अस्पतालमा नर्मल टेस्ट जाँचहरु समेत फ्रि गरिदिने गरेका  छन  पार्टीलाई पैसा दिएको बलमा बिवादित भवि भएको शर्मालाई पार्टीले उम्मेदवारी बनाएको भनि कार्यकर्ताहरु असन्तुष्ट बनेका छन । तर पहुँचवाल नेताहरुको दवावमा स्थानिय असन्तुष्टिलाई सामसुम दवाईएको छ  कहाँ कहाँ कहिले कहिले स्वास्थ्य शिबिर गरियोउजुरीमा उल्लेख भए अनुसार २७ असोजमा कानेपोखरी ५ भैसाबारीमा २५ असोजमा कानेपोखरी २ छक्कम टोलमा २८ र २९ असोज कानेपोखरी ६ रमाइलो टोलमा २५ असोज र ५ कार्तिक रइमाइलो क्याम्पसमा र ६ र ७ कार्तिक कानेपोखरीमा स्वास्थ्य शिबिर संचालन गरेर शर्माले प्रत्यक्ष आफुलाई बिजयी बनाउन भोट मागेको उजुरीमा उल्लेख छ  मोरंगको क्षेत्र नम्बर ३ मा बाम गठबन्धनबाट एमालेका सचेतक भानुभक्त्त ढकाल प्रतिनिधि सभाको उम्मेदबार बनेका छन । यसैगरि प्रदेशसभातर्फ क मा केदार ओझा र ख मा माओबादी केन्द्रकी गीता तिम्सिना उम्मेदबार छन । काँग्रेसबाट प्रतिनिधि सभामा सुनिल शर्मा र प्रदेशमा सुर्य राज राई र ललितबहादुर श्रेष्ठ उम्मेदबार छन  बाम गठबन्धनको बलियो पकड रहेको सो क्षेत्रमा विराटनगर ४ मा रहेको नोबेल मेडिकल कलेजका सञ्चालक शर्माको राजनीतिमा कुनै भूमिका नभएको उनले नेताहरुलाई चन्दा दिएकै आधारमा नाम सिफारिस गरिएको काँग्रेस कार्यकर्ताहरु बताउँछन् । शर्मा उम्मेदवार बन्नको लागि पार्टी देखि नेताहरुलाई करोडको हाराहारीमा खर्च गरेको बताएईको छ  बिभिन्न तिकडम गरेर नोबेल मेडिकल कलेज एकलौटी बनाएको भन्दै विवादमा पर्ने गरेका शर्मा विरुद्ध अख्तियार, सम्पत्ती शुद्धिकरण विभाग, सिआईबी लगायतका  निकायमा अझै  विभिन्न मुद्दा बिचाराधिन छन्  निर्वाचन क्षेत्रमा पुगेर स्वास्थ्य शिबिर मार्फत संचालक शर्माले मतदाता प्रभावित पार्न उम्मेदवार नबन्दै क्षेत्रका सबै मतदाताको निःशुल्क स्वास्थ्य बीमा गर्नेदेखि २ सय विपन्न विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा दिलाउने आश्वासन बाढिसकेका छन्  क्षेत्रिय निर्वाचन कार्यालय विराटनगरका प्रमुख  निर्वाचन अधिकारी प्रेमप्रसाद सञ्जेलले शर्माको विरुद्धमा उजुरी आएसँगै कार्बाहीकालागि अनुसन्धान सुरु गरिएको बताए ।   ’ उनले भने,  – ‘हामीले नोबेलसँग स्पष्टिकरण खोधेका छौं  ।’ कार्बाहीबाट जोगिन सचालक शर्माले चाँही मेडिकल कलेजको अध्यक्षबाट आफुले राजिनामा दिइसकेको सार्बजनिक गरेका छन । तर अध्यक्षबाट उनले देखावटी राजिनामा दिएपनि उनी नोबेलको संचालक भने छँदैछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?