‘गैरकानूनी बाटोबाट वैदेशिक रोजगारीमा गएकाहरूलाई सरकारले कानुनी मान्यता दिनु हुँदैन’ 

लोकपथ
518
Shares

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रमा कोइरालाले गैरकानूनी बाटोबाट वैदेशिक रोजगारीमा गएकाहरूलाई सरकारले कानुनी मान्यता दिन नहुने बताएकी छन् । आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । 

गैरकानूनी बाटोबाट वैदेशिक रोजगारीमा पठाउने मेनपावर कम्पनीहरूलाई समेत आवश्यक कारबाही गरिनुपर्ने उनको भनाइ छ  । तत्कालीन कांग्रेसको सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको सहजताका लागि भन्दै फ्री भिसा फ्री टिकेटको व्यवस्था गरेको भएपनि अहिले कार्यान्वयनमा आउन नसकेको उनको भनाइ छ । 

उनले सरकारले वैदेशिक रोजगारीको नाममा गैरकानूनी रूपमा गएकाहरूलाई कानुनी मान्यता दिए वैदेशिक अपराध बढ्ने भन्दै त्यस्तो गर्न नहुने बताइन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?