सिरहामा सवारी दुर्घटना, एक जनाको मृत्यु

लोकपथ
168
Shares

सिरहा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मिर्चैयामा आज भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।  

जिल्ला प्रहरी कार्यालयका अनुसार मिर्चैया नगरपालिका–७ मा रहेकोे ट्रकमा ‘पिकअप भ्यान’ठोक्किँदा त्यसका सहचालक सिन्धुलीको दुधौली नगरपालिका-१४ का २७ वर्षीय मिलन सुनारको घटनास्थलमा मृत्यु भएको हो । 

पिकअप भ्यानका  चालक दुधौली नगरपालिका-१४ का सागर सुनार अवस्था गम्भीर छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?