सुन जस्तो देखिने धातुसहित  एक जना पक्राउ

लोकपथ
357
Shares

काठमाडौं । सुन जस्तो देखिने धातुसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट सुन जस्तो देखिने धातु ३ सय ५४ ग्रामसहित भारत उत्तर प्रदेश गोण्डा बस्ने ३० वर्षीय राकेश कुमारलाई आइतबार बिहान पक्राउ गरेको हो । 

प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले बेलहियाबाट काठमाडौंतर्फ आउँदै गरेको लु.२ ख ४४१५ नम्बरको बसमा सवार उनलाई उक्त धातुसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?