काठमाडौं । धादिङ खाल्टे जमकटेल सेवा समाजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौंको स्वयम्भूस्थित भगवान पाउमा रक्तदान कार्यक्रम सम्पन्न भएको समाजका अध्यक्ष केदार जमकट्टेलले जानकारी दिए ।
उनका अनुसार यसअघि पनि रक्तदान आयोजना गरिएको र यो दोस्रो वर्ष अन्तर्गतको रक्तदान हो ।
रक्तदानबाट ४४ पाउन्ड रगत संकलन भएको छ । साथै मानव जीवनका लागि अति आवश्यक रगतको सहजताका लागि आयोजना गरिएको कार्यक्रममा उपस्थित भएर रक्तदानमा सहभागिहरुलाई अध्यक्ष जमकट्टेलले धन्यवाद ज्ञापन गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया