कांग्रेसले उठाएको हतियार र माओवादीले उठाएको हतियारमा फरक छ : गगन थापा

लोकपथ
756
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस र माओवादीले सुरु गरेको युद्धमा ठूलो अन्तर रहेको बताएका छन् ।

पूर्वमन्त्री समेत रहेका थापाले कांग्रेसले पनि ००७ साल र त्यसपछि पनि पटकपटक हतियार उठाएको तर हिंसाका लागि नभएको समेत बताए ।

आइतबार नेपाली कांग्रेस रोल्पाको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

‘हिजो नेपाली कांग्रेसले पनि पटकपटक हतियार उठाएको छ । कहिले ००७ साल कहिले ०२८ साल कहिले ०४६ । नेपाली कांग्रेस हिजो पनि हिंसाको पक्षमा थिएन र आज पनि छैन । नेपाली कांग्रेसले उठाएको हतियार र माओवादीले उठाएको हतियारको कुनै तुलना नै हुँदैन,’ उनले भने ।

कांग्रेसले युद्ध गरे पनि आफ्नो शिद्धान्त नमानेकै आधारमा कसैलाई पनि असर नगरेको दाबी गरे । साथै कहिले राणासँग लड्न त कहिले राजासँग लड्न हतियार उठाए पनि माओवादीले नेपाल शान्त अवस्थामा हिँड्न थालेपछि हतियार उठाएर देशलाई थप अशान्त बनाएको बताए ।

साथै व्यक्ति हत्यामा आधारित हिंसा जनयुद्ध नभएको समेत जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?